arrow

मिटु अभियान:  २०१ शक्तिशाली व्यक्तिको जागिर खुस्कियो

logo
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
metoo-us.jpg

काठमाडौं । महिलाहरुले आफूमाथि यसअघि भएको दुर्व्यवहारको घटनालाई बाहिर ल्याउनको लागि ल्याएको अघि सारेको मिटु अभियानले अमेरिकामा दुई सयभन्दा बढी मानिसहरुको रोजगारी गुमेको न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ । 

हलिउडका चर्चित फिल्म निर्माता हार्भे विङ्सटनमाथिको यौन दुर्व्यवहारको घटनाबाट सुरु भएको यो अभियान विश्वव्यापीरुपमा फैलिएको छ । यो अभियान सुरु भएको एक वर्षपछि यसको प्रभाव विस्तारै बढ्दै गएको हो । 

न्युयोर्क टाइम्स को विवरणअनुसार २०१ पुरुषहरुको विषयमा सार्वजनिक भएको यौन दुर्व्यवहारको घटनासँगै उनीहरुको रोजगारी गुमेको छ । साथै अहिलेसम्म ९२० मानिसहरुले यी मध्ये कुनैले यौन दुर्व्यवहार गरेको बताएका थिए । पुरुषहरुको गुमेको रोजगारीमा पनि करिब आधारजसो महिनाहरु आउन सफल भएका छन् । 

कानुनविद्हरुले यसअघि महिलाहरुलाई रोजगारीमा राख्नु निकै जोखिमपूर्ण हुने गरेकोमा अहिले पुरुषहरुलाई रोजगारीमा राख्नु जोखिम देखिएको बताएका छन् । उनीहरुले यस किसिमको अवस्था अहिलेसम्म नआएको पनि बताएका छन् । 

विश्लेषकहरुले अहिले मिटु अभियानले समाजको शक्तिमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् । न्युयोर्क टाइम्सको विवरणअनुसार यौन दुर्व्यवहारको मुद्दाको कारण रोजगारी गुमाएका पुरुषहरुमध्ये ४३ प्रतिशत स्थानमा महिलालाई नियुक्त गरिएको छ । जसमा एक तिहाई सञ्चार माध्यमहरुमा, एक चौथाइ सरकारी क्षेत्र र पाँच भागको एक भाग मनोरञ्जन तथा कलाको क्षेत्रमा महिलाहरु नियुक्त गरिएको छ ।  

२०१ जनाले रोजगारी गुमाएकोमा १२४ जनाले छाडेको स्थानमा पदपूर्ति गरिएको छ । जसमा ५४ जना महिला र ७० जना पुरुषलाई नियुक्ति दिइएको छ । यो अभियान अमेरिकाबाट युरोप हुँदै एसियामा पनि आइसकेको छ । भारतीय अभिनेता नाना पाटेकरमाथि तनुश्री दत्तले लगाएको यौन दुर्व्यवहारको आरोपसँगै यो अभियान सुरु भएको थियो । 

नेपालमा पनि प्रदेश ३ का भौतिक योजनामन्त्री केशव स्थापितमाथि रश्मिला प्रजापतिले यौन प्रस्ताव स्वीकार नगर्दा जागिर गएको बताएसँगै यो अभियानले चर्चा पाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ