arrow

‘खाशोग्गीको शव वाणिज्यदूतको घरमा’

logo
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
khashoggi.jpg

काठमाडौं । साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको शवको टुक्रा इस्तानबुलमा साउदीका महावाणिज्यदूतको घरमा फेला परेको बेलायती सञ्चारमाध्यमहरुले बताएका छन् । मंगलबार बेलायती सञ्चारमाध्यमहरुले बताएअनुसार महावाणिज्यदूतको घरमा खाशोग्गीको शवको टुक्रा फेला परेको हो । 

शवलाई टुक्राटुक्रा पारिएको र अनुहार पनि चिन्न नसकिने गरी विकृत बनाइएको विवरणमा उल्लेख गरिएको छ । उनको शवको एक हिस्सा महावाणिज्य दूतको बगैंचामा फेला परेको हो । टर्कीको रोडिना पार्टीका नेता पेरिनसेकले पनि एक अन्तर्वाताको क्रममा यो शव भेटिएको पुष्टि गरेका थिए । 

टर्कीका राष्ट्रपति रिसेप तेइप एर्दोगानले साउदीमाथि खाशोग्गीको हत्याको आरोप लगाएसँगै यो समाचार सार्वजनिक भएको हो । यद्यपि यसअघि टर्कीले आफूसँग यो घटनाको सबै भिडियो रहेको दाबी गरेकोमा त्यस्तो केही सार्वजनिक गरिएको छैन । 

टर्कीले खाशोग्गीलाई यातना दिएर मारिएको बताउँदै आएको थियो । उनको औंला काटिएको र शव पनि टुक्राटुक्रा पारिएको टर्कीले दाबी गर्दै आएको छ । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ