arrow

तालिबान लडाकू सदरुदिनको घरमा बम बनाउँदै गर्दा पड्किएर आफ्नै परिवार गुमाए

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
afghanistan-blast-bomb.jpg

मैमाना, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ। तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ। फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीको मृत्यु भएको समाचारमा जनाइएको छ।तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ। फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासले बुधबार सो जानकारी दिएका छन्। बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन्।

उनले आफ्नै घरमा बम बनाइरुहेका थिए। तर बम बनाउदै गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको सुरासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए। बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका भएको पनि सो समाचारमा जनाइएको छ।

तालिबानहरुले फर्याब प्रान्तको केही भाग नियन्त्रण गरेर बसेका र बारम्बार आत्मघाती बमहरु हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरको बताइन्छ। उनीहरुले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन्। मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ