arrow

इटालीले प्रतिस्पर्धात्मक अवस्थालाई गुमाएको छैन :  क्लाउस रेग्लिङ

'इटालीको वित्तीय सङ्कटबारे चिन्ता लिनु आवश्यक छैन'

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
klaus-regling-EU-financial-chief.jpg

लग्जेम्वर्ग। इटालीले यूरोपेली यूनियन (इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला यूरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन यूरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताए।

इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको बजेटलाई इयूको कार्यकारी निकाय, यूरोपेली आयोगले अस्वीकार गरेको बताउनुभन्दा केही पहिले कर्जा प्रमुख रेग्लिङले उक्त कुरा बताएका हुन्।

इटाली सरकारले आगामी बर्ष आफ्नो मुलुकमा बार्षिक आर्थिक उत्पादन २.४ प्रतिशत कमी हुने घोषणा गरेको छ। यो रकम यस पहिलेको सरकारले गरेको प्रक्षेपणभन्दा तीन गुणा कमी हो र इयूले गरेको प्रक्षेपणको तीन प्रतिशतसम्मको सीमासँग नजिक रहेको छ।

परिणामस्वरूप इटालीको पहिले देखि नै धेरै रहेको कर्जालाई अझ खतरातर्फ धकेल्ने देखिएको र यो रकम कुल ग्राहस्थ उत्पादन भन्दा १३० प्रतिशत बढी हो। यो घाटा रकम इयूले इटालीका लागि तोकेको ६० प्रतिशतभन्दा दोब्बर हो। इयूले ग्रीसपछि इटालीका लागि यसरी कर्जा सीमा तोकेको छ।

तर रेग्लिङले भने इटालीको आर्थिक सङ्कटलाई लिएर बढाइचढाई गरी अनावश्यक चासो व्यक्त गरिएको प्रतिक्रिया दिए। “इटालीको बार्षिक आर्थिक योजनाले कानूनी दायरा अनुसार काम नगरेको तर इटाली आर्थिक संकटका सन्दर्भमा यूरोपमा ग्रीसकै अवस्थामा पुगेको भने छैन,” लग्जेम्वर्गमा रेग्लिङले सञ्चारकर्मीसँग बताए। कसैले पनि इटालीबारे चिन्ता व्यक्त गर्नु पर्दैन, जर्मन नागरिक रेग्लिनले बताए। “इटालीले प्रतिस्पर्धात्मक अवस्थालाई गुमाएको छैन। इटालीले आन्तरिक रूपमा हिसाब गरेजस्तो माथि वा धेरै बार्षिक घाटा रहेको छैन।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ