arrow

केन्द्रीय प्रहरी प्रवक्तामा सुवेदी, निर्मला हत्याको छानविन गर्ने ज्ञवाली पुगे अख्तियार

logo
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
Nepal-Police-new-tt.png

काठमाडौं । नेपाल प्रहरीमा केही अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पाएका छन् । 

शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएसँगै प्रवक्ताको जिम्मेवारी सुवेदीले पाएका हुन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका काम कारबाही र जनसरोकारका विषयलाई सञ्चारमाध्यमसम्म पुर्‍याउन सुवेदीलाई प्रवक्ताको जिम्मेवारी दिए । 

गएको असोज २८ को निर्णयपछि थापा सहित ११ जना एएसपी डआइजीमा बढुवा भए । डिआइजीमा एक नम्बरमा बढुवा भएका विनोद शर्मा घिमिरे प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् । दोस्रो नम्बरका विकास श्रेष्ठ प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो पुगेका छन् । 

यस्तै, बढुवाको सूचिको तेस्रो नम्बरमा रहेका ठाकुरप्रसाद ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखामा जिम्मेवारी पाएका छन् । उनी कञ्चनपुरकी निर्मला पन्तको हत्याको छानविनका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट कञ्चनपुरमा खटिएका छन् । 

यसअघि केन्द्रीय प्रहरी प्रवक्ता रहेका थापा क्षेत्री बढुवा सूचिको छैटौँ नम्बरमा छन्  । उनको पदस्थापन महानगरिय प्रहरी कार्यालय रानीपोखरी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ