गतिलो काम नगर्ने दुई सचिवलाई प्रधानमन्त्री कार्यालयको स्वाद चखाइयो
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
621
Shares
काठमाडौं । कामकाज चित्तबुझ्दो नभएको भन्दै सरकारले केही सचिवको जिम्मेवारी हेरफेर गरेको छ । भित्रि निर्णयबाट विवादित स्वास्थ्य सचिव डा. पुष्पा चौधरी र शहरी विकास सचिव दिपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।
दुबै सचिवलाई प्रधानमन्त्री कार्यालयमा तानिएपछि सहरी विकासका सचिव शर्माको ठाउँमा नेपाल ट्रष्टका सचिव रमेश सिंहलाई लगिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निमित्त सचिवको रुपमा १२औं तहका सुशीलनाथ प्याकुरेलले पाएका छन् ।
मन्त्रालयका आन्तरिक कामहरुसमेत व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्रालयभित्रबाटै आलोचना खेप्दै आएकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीमाथि नेसनल मेडिकल कलेजको सम्बन्धन लगायत अन्य ठेक्कापट्टाको झमेला आइलागेको बताइँदै छ ।
सहरी विकास मन्त्रालयका सचिव शर्माले समेत गतिलो काम गर्न सकेनन् । उनको पनि सरुवा प्रधानमन्त्रीको कार्यालयमा भयो ।