arrow

इजरायली सेनाको गोलीबाट एक प्यालेस्टिनीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
israel-women-army.jpg

जेरुसेलम। उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी शहर नाब्लुसको ताम्मुनमा झडपको भएको पुष्टि गरे। तर मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएको बताए। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिएका व्यक्तिको नाम मोहमद बिशारात भएको र उनी २१ वर्षको भएको पुष्टि गरेको छ।

इजराली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि उनको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ