arrow

अर्घाखाँचीले सीमा मिचेको भन्दै गुल्मी आक्रोशित

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
nc-resunga-nagar-samiti.jpg

गुल्मी। गुल्मी र गुल्मी र अर्घाखाँची जिल्लाको सीमाना रेसुङ्गा नगरपालिका वडा नं ७ र छत्रदेव गाउपालिका वडा नं ७ को सीमा क्षेत्रमा निर्माणाधिन स्वागतद्वार निर्माण गर्ने क्रममा वास्तविक सीमा भन्दा करिव १५० मिटर गुल्मीतर्फ निर्माण कार्य भएकोप्रति नेपाली काँग्रेस, रेसुङ्गानगर कार्य समिति गुल्मीले रेसुङ्गा नगर कार्यपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ।

‘‘जनताबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो सीमाक्षेत्र मिचिदा समेत ध्यान नपुर्‍याउनु खेदजनक छ। त्यस क्षेत्रका जनतालाई नै गुल्मी भन्दा बाहिर राखि र जिल्लाको आँखि झ्यालको रुपमा रहेको नेटा बजार अर्घाखाँचीतर्फ धकेलिनुले रेसुङ्गा नगरपालिकाका प्रमुख र सम्बन्धित प्रतिनिधि त्यस क्षेत्रका जनतातर्फ उत्तरदायी नभएको हाम्रो ठम्याई छ।’’ कांग्रेसको ध्यानार्षकण पत्रमा उल्लेख गरिएको छ।

निर्माणाधीन द्वारलाई रोकि वास्तविक सीमामा निर्माण गर्नको लागि नेपाली कांग्रेस रेसुङ्गा नगर कार्य समितिले जोडदार माग राखेको छ। साथै निर्वाचित वडाअध्यक्ष माथि नगर प्रमुखबाट सार्वजनिक स्थलमा हुने गालिगलौज, अभद्र व्यवहार तथा सार्वजनिक स्थानमा गरिमामय पदको समेत ख्याल नगरि दिईने अभिव्यक्तिले सिङ्गो नगरपालिकामा आँच आएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

त्यसैगरि यस कार्यालयको राजस्व शाखामा भएको आर्थिक अनियमितता समेत गोप्य राख्न खोज्नुले कतै मिलेमतो त होईन भन्ने प्रश्न जनमामाझ उठ्नु स्वाभाविक भएको पनि उक्त पत्रमा उल्लेख गरिएको छ। चाडवाडलाई मध्यनजर गरि गरिएको मुल्यवृद्धी, कालोबजारी र पेट्रोलियम पदार्थमा भएको मिसावटले नगर तथा जिल्लावासी सर्वसाधारणहरु अत्यन्तै मर्कामा परेकाले त्यसतर्फ अनिवार्य ध्यान पुर्‍याउन प्रशासनलाई दवाव दिने काम समेत पत्रमार्फत् गरिएको छ।

केहि दिन अघि मात्र दिपक बोहोरा आयल स्टोर्समा भएको पेट्रोल र डिजेलमा भएको मिसावटले धेरै गाडीहरु नचल्ने अवस्थामा पुगेकोले त्यसलाई समेत तत्काल छानविन गरि कालोबजारी र मिसावट गर्ने विक्रेताहरुलाई कारवाहीको दायरामा ल्याई जनताको उपभोग्य अधिकारतर्फ सजग रहन ध्यानाकर्षण पत्रमा जोड दिइएको छ ।

नेपाली कांग्रेस रेसुङ्गा कार्य समितिका सभापति छवि पाण्डेयद्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्रमा प्रशासनले उचित कदम नचाले जनताको हितको लागि जस्तोसुकै आन्दोलनमा उत्रन बाध्य हुने र सोबाट हुने क्षतिको जवाफदेही नगरपालिका हुने व्यहोरा अवगत गराउँदछौं भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ