arrow

ओबामा र क्लिन्टनसहित सात शीर्ष नेतासंगै संचारमाध्यमलाई विस्फोटक पदार्थ उपहार

एफबीआई अनुसन्धानरत

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
america5.jpg

काठमाडौं । अमेरिकामा पूर्व विशिष्ट पदाधिकारीसंगै सञ्चारमाध्यमहरुलाई अज्ञात समूहले हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको खुलासा भएको छ । 

यो खुलासा भएपछि अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले अनुसन्धान थालेको अमेरिकी समाचार अनलाइन सीएनएनले जनाएको छ । 

पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अज्ञात समूहले विस्फोटक पदार्थ पठाएको सार्वजनिक भएपछि एफबीआईले उच्च प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको हो ।

अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले अक्टोबर २३ मा पूर्वविदेशमन्त्री क्लिन्टनको नाममा विस्फोटक पदार्थसहितको पत्र आएको जनाएको छ ।

त्यसैगरी अक्टोबर २४ मा त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको पाइएको थियो ।

त्यसैगरी अमेरिकी टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएको थियो ।

अमेरिकी वरिष्ठ अधिकारीहरुलाई पठाइने चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकले विस्फोटक पदार्थ रहेको पत्ता लगाएपछि एफबीआईले अनुसन्धान थालेको हो ।

त्यस्तो विस्फोटक पदार्थ कहाँबाट पठाइको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।


त्यसलाई सिक्रेट सर्भिसका अधिकारीहरूले वासिङ्टन डिसीमा बरामद गरेका थिए ।

पार्सल गरिएका दुवै वस्तु लक्षित ठेगानामा पुग्नु अघि नै नियन्त्रणमा लिइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस्ता अपराधीलाई नछाडिने प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ