arrow

भिजन – १८ कार्यक्रम जनकपुरधाममा

logo
सुरेन्द्र सिंह 
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
DSC0000145_copy.jpg

जनकपुरधाम । जनकपुरधाम क्षेत्रका बाहिर पढ्ने छात्रछात्राहरुले यहाँ भिजेन – १८ कार्यक्रम आयोजना गर्ने भएका छन् । जनकपुरधाममा हुने सो कार्यक्रमको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा इनोभेटिभ इन्डेवर सोसाइटीका सदस्य चन्दन मिश्रले यस भन्दा पहिला पनि जनकपुरधाममा भिजन– १३ र जिजिएस लगायतका कार्यक्रम गरिसकेको जानकारी दिए  ।  
 
उनले भने, ‘हामी बाहिर पढ्ने विद्यार्थीहरु यहाँ केहि नयाँ कुरा गर्न चाहेका छौं, बाहिर  हेरेका, भोगेका, गरेका केहि नयाँ भिजन आफ्नो माटोका लागि खर्चन यी कार्यक्रमहरु गर्न लागेका छौं ।’ 

मिथिला संस्कृति, परम्परा र रितिरिवाजले हामीहरुको पहिचान झल्काउने गरेको छ । यसलाई कसरी बचाएर राख्न सकिन्छ भने कुरालाई हामी युवावर्ग यसतिर अग्रसर भएको सदस्य मिश्रले बताए ।

मिथिला संस्कृतिले हामी देश विदेशमा चिन्हाउने गरेका छौं उनले भने– ‘भगवान श्री रामको पहिचान पनि यहि हाम्रो मिथिलाबाट शुरु हुने गरेका छन्, हामी यसलाई कसरी बचाएर राख्न सक्छौं त्यस तिर हामी लागेका छौं ।’

हाम्रो मिथिला संस्कृतिप्रति पश्चिमी फैसनेवल सभ्यता जसरी हावी हुँदैछ त्यसले हाम्रो यहाँका संस्कृति धरापमा पर्दै गएको बताउँदै उनले समयमा सचेतना नअपनाए हाम्रो पहिचान गुम्ने स्थितिमा आउने उनले डर समेत व्यक्त गरेका थिए ।

हामीले अंग्रेजी, नेपाली, हिन्दी लगायतका भाषा पढौं, विज्ञान विषय राम्रो संग अध्ययन गरौं देश विदेशमा नाम कमाउ तर आफ्नो संस्कृतिलाई नबिर्सन उनले आग्रहसमेत गरेका थिए । 

उनले यस पटक ‘मिथिला मव, साइन्स एक्जिभिसन, द अनहर्ड स्टोरी’ लगायतका कार्यक्रम गरिने जानकारी दिए ।

मिथिला मवमा मिथिला कला संस्कृति झल्कने खालको कार्यक्रम गरिनेछ भने साइन्स एक्जिभिसनमा कक्षा एकदेखि स्नातक तहसम्मका विज्ञान प्रदर्शनी गरिनेछ । तथा द अनहर्ड स्टोरीको बारेमा सो संस्थाका सदस्य मिश्रले भने गोप्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ