माओवादीबाट निर्वाचित अध्यक्ष घलेको कुटाई खाने दर्जन नाघे, प्रहरीकहाँ उजुरी दिएका तामाङको भएन सुनुवाई
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
662
Shares
नुवाकोट। सत्तारुढ नेकपाका नेता कार्यकर्ताको दुई तिहाईको दम्भ केन्द्रदेखि स्थानीय तहसम्म व्यापक नै भएको छ। यहि दम्भ पालेर राखेका नेकपाका नेताहरु स्थानिय स्तरमा सर्वसाधारणलाई कुटपीटमा समेत उत्रन थालेका छन्। “गाउँ गाउँमा सिंहदरबार” के भनिएको थियो स्थानीय जनप्रतिनिधि आफैलाई सिंह सम्झिएर सेवाग्राहीलाई झम्टिन थालेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष आइता घलेले आफूलाई पनि सिंह सम्झिएर स्थानीय नरेन्द्र बहादुर तामाङमाथि झम्टिएका छन्। वडा अध्यक्ष घलेले तामाङमाथि उपशब्द प्रयोग गर्दै असोज २७ गते ढुंगासमेत प्रहार गरेको पिडितले बताएका छन्। वडाअध्यक्ष घलेको ढुंगा प्रहारबाट आफू बेहोस भएको, धेरै समयपछि होसमा आएको पिडित तामाङले भने ।
"आफूलाई ढुंगा हानी घाइते बनाउने वडा अध्यक्षको विरुद्धमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिए पनि तत्कालिन माओवादीबाट निर्वाचित वडा अध्यक्ष घलेमाथि मुद्धा समेत दर्ता भएन कारवाही त परको कुरा," तामाङले दुखेसो गरे।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका मुद्धा शाखाका प्रहरी हवल्दार जंग बहादुर तामाङले वडाअध्यक्ष घलेलाई प्रहरी कार्यालयमा झिकाई कारवाही गरी पाउँ भन्ने उजुरी दिएको स्विकारे तर कार्वाहीको बारेमा केहि बताउन मानेनन।
आफूले प्रहरी कार्यालयमा आश्विन २९ गते नै उजुरी दिएको पिडित तामाङले दुःखेसो पोखे । पिडित तामाङका अनुसार वडा अध्यक्ष तामाङले यसअघि पनि स्थानीय १२/१३ जनालाई कुटिसकेका छन्।