arrow

६५ बर्षको भयो तरूण दल, शनिवार स्थापना दिवस

 के गर्यो के गर्दैछ ?

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
nepal-tarun-dal.jpg

काठमाडौं । नेपाल तरुण दलले ६५ औं स्थापना दिवस यही शनिबार मनाउँदैछ । शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना हुने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए । 

बस्नेतका अनुसार स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् । 

समारोहमा काँग्रेसका सबै नेताका साथसाथै विभिन्न भातृ संस्थाका प्रमुखहरुलाई बोलाइएको छ । 

कार्यक्रमलाई भब्य बनाइ तरुण दलको एकता प्रस्तुत गर्ने अध्यक्ष बस्नेतले बताए । 

संगठित छ त तरुण दल ? 
अध्यक्ष बस्नेतले तरुण दल संगठित रहेको दावी गरेका छन् । उनले पहिलेको तुलनामा तरुण दल निकै संगठित रहेको हाम्राकुरालाई बताए ।

उनले भने ‘स्थानीय ईकाईदेखि केन्द्रसम्म हामीले प्रशिक्षण दिएर संगठनलाई मजबुद बनाउने काम गरेका छौं ।’

उनले ७७ वटै जिल्लाका अध्यक्षहरुको तीन दिने भेला नगरकोटमा गरेको सुनाए । त्यसैगरी सातै प्रदेश र जिल्लाजिल्लामा दुईदेखि तीन दिने प्रशिक्षण दिएर तरुण दललाई संगठित गरिएको पनि दावी गरे । 

बस्नेतले भने, ‘तरुण दल पहिलेको जस्तो कमजोर छैन, हामी संगठित भएका छौं, पार्टीका लागि जस्तोसुकै कदम चाल्न सक्ने भएका छौं । 

के के गर्यो तरुण दलले काम ? 
अध्यक्ष बस्नेतका अनुसार तरुण दलले एनजीओ र आइएनजीओले तराईको बाढी पहिरोमा गर्न नसकेको काम गर्यो । 

उद्धारका लागि तरुण दलले निकै ठूलो भूमिका खेलेको बस्नेतले बताए । 

त्यसैगरी राष्ट्रिय सभाका तीन जनाको नियुक्ति राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मिचेर गरेको भन्दै आन्दोलन गर्यो । जनमानसमा यसबारेमा सचेत समेत गराएको थियो।

बस्नेतका अनुसार सरकारले गरेको मुल्यवृद्धिको विरुद्धमा रत्नपार्कमा विशाल विरोध कार्यक्रम गर्यो । 

त्यस्तै डा गोविन्द केसीले उठाएको स्वास्थ क्षेत्रको वेथितिको विरोध र स्वास्थ्य विधेयकलाई पारित गर्नका लागि दवाव दियो । यसक्रममा हजारौं कार्यकर्ता माइतीघर मण्डलामा सहभागी भए भने सरकारले प्रहरी लगाउँदा सयौं कार्यकर्ता घाइते भए । 

अध्यक्ष बस्नेतले तरुण दलको स्थापना दिवस मनाएपछि सडक आन्दोलनमा उत्रने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ