arrow

लोपोन्मुख सन्थाल नृत्यले ल्याएको रौनक

logo
 युबराज रेग्मी  
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
santhal-final.jpg

झापा। झापा र मोरङ जिल्लाका स्थानिय बजार हरुमा लाग्ने दशैं मेला भब्यताका साथ सम्पन्न भएको छ । बिगतका वर्षहरु भन्दा यसपाली अझ ब्यबस्थित तबरले मेला आयोजना गरि सम्पन्न गरिए। हरेक स्थानिय निकायले महत्व दिएर आयोजना गरिएका मेलाहरुमा विशेषगरी ती जिल्लाहरुमा बिगत लामो समयदेखि बसोबास गर्ने सन्थाल जातिको आफ्नै किसिमको परम्परागत नृत्यलार्इ लोप हुनबाट जोगाउन र प्रोत्साहन गर्न हरेक बर्ष मेला आयोजना गर्ने गरिन्छ।

झापाको कमल गापा, सरङ्पाडा, चाराली, गौरादह, ग्वाल्डुबा, गौरिगन्ज लगायतका बजारहरुमा यो वर्ष भब्य रुपमा मेला आयोजना गरिएको थियो।त्यसैगरी मोरङ जिल्लाका विभिन्न बजारमा पनि तामझामका साथ मेला सम्पन्न भएको छ। झापा जिल्लाको गौरादह नगरपालिकाको गौरादह बजारमा बुधबार पूर्णिमाको दिन लागेको दशैं मेला तथा सांस्कृतिक महोत्सवमा करिब ७००० जना मेला हेर्न उपस्थित भएको जानकारी मेला आयोजक समिति तथा गौरादह बजार ब्यबस्थापन समिति अध्यक्ष खड्ग थापाले जानकारी दिएका छन्।

आयोजित कार्यक्रम अनुरुप बुधबार नगरभित्र रहेका परम्परा संस्कृति झल्कने “प्रथम ऐतिहासिक सांस्कृतिक दशैं मेला २०७५” भब्यताका साथ  सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुक संघिय संरचनामा प्रबेश गरिसकेकाले सबै जात जाति भाषा, सस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लागि परेको जानकारी गराउँदै विभिन्न जातजाति, भाषा, समुदायको कला संस्कृति देशको महत्वपूर्ण सम्पदा भएको बताए ।

गौरादह बजार व्यवस्थापन समितिले दशैंको अवसर पारेर आयोजना गरेको साँस्कृतिक दशैँ मेलामा सिमान्तकृत, आदिवासी तथा जनजातिहरुको मौलिक संस्कृति झल्काउने संघसंस्था, नगरभित्र रहेका क्लब र विद्यालयहरुका झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएका थिए ।

दशैंको अवसरमा विगतका बर्षहरुमा स्वतस्फूर्त नाचिने संथाल नृत्यहरुलाई व्यवस्थित गर्दै यो बर्षबाट सबै समूदायको मौलिक कला संस्कृतिको प्रदर्शन, बिकास र सम्बर्द्धन गर्ने उधेस्यले व्यवस्थित रुपमा दशैं मेला आयोजना गरेको आयोजकको भनाइ छ ।

बजार व्यवस्थापन समितिले सबै जातजाति र साम्प्रदायिक समुदायको बहुसाँस्कृतिक परम्परागत पर्व मनाउने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष खड्ग थापा बताउँछन् ।

जातिय रहनसहन भेषभुसाको उत्थान र उजागर गर्ने उद्देश्यले साँस्कृतिक मेला आयोजना गौरादह नगरपलिकामा रहेका सबै जातजातिलाई एकै ठाउँमा सहभागी गराई उनीहरुको साँस्कृतिक पहिचानलाई लोप हुनबाट जोगाउन परम्परागत मेलालाई समेत व्यवस्थापन गर्दै नयाँ ढङ्गले दशैँको अवसरमा साँस्कृतिक मेला आयोजना गरिएको जानकारी नेपालि काङ्रेस गौरादह नगर सभापती यादब राज सेडाइको भनाइ छ ।

दसैं मेलाका मुख्य आकर्षणको रुपमा हेरिएको संथाल नृत्य गौरादह बजारमा आयोजना गरिएको साँस्कृतिक मेलामा झापा र मोरङका १७ वटा जातीय नृत्य टोलीहरु सहभागी भएका थिए । 

साँस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको नृत्यमा दलित सशक्तिकरण नगर समन्वय समिति गौरादहले नौमती बाजासहित नृत्य प्रदर्शन गरेको थियो । 

नेपाल तामाङ घेदुङ संघले तामाङ सेलो, दुर्गा मन्दिर गौरादह वडा नं १ र २ ले संगिनी नृत्यसहित राष्ट्रिय गीतमा नृत्य, युनाइटेड युथ क्लब र इभरग्रीन बोर्डिङ स्कुल गौरादहले राष्ट्रिय गीतमा नृत्य, किराँतराई यायोख्खाले साकेला शिली, थारु कल्याणकारी समाज कल्याण परिषदले थारु नृत्य, नेवार समुदायले नेवार तथा लाखे नृत्य, मगर समुदायले हुर्रा नाच, ताजपुरिया समाजकल्याण परिशदले खोल्सना नाच, आदिबासी खाडिंया मगर समुदायले झाँगर नाच, सन्थाल सांस्कृतिक टोली मोरङ, शुरुहाई सन्थाल नाच कमल गाउँपालिकाले सन्थाल नृत्य, नव जागृति बाल समुह किष्नेघाटले नृत्य, जुरोपानी बाट दुर्गा चरित्र नाटक प्रदर्शन गरिएको थियो ।

सहभागी टोलीहरुमा संन्थाल नृत्य प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार, पञ्चेबाजालाई ७ हजार र अन्य सहभागी टोलीहरुलाई ५ हजारका दरले प्रमाणपत्र सहित  पुरस्कृत गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ