arrow

रुसपछि इजरायलसँग मिसाइल प्रतिरक्षा प्रणाली किन्दै भारत 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
india-iseral.jpg

काठमाडौं । रुससँग एस–४०० हवाई मिसाइल रक्षा प्रणाली खरिद गरेसँगै भारतले इजरायलसँग आधुनिक मिसाइल प्रतिरक्षा प्रणालीको लागि महत्वपूर्ण सम्झौता गरेको छ । भारतले इजरायलको सरकारी कम्पनी एरोस्पेस इन्डस्ट्रिज (आईएआई)सँग यो प्रणालीको लागि ७७ करोड ७० लाख डलरको सम्झौता गरेको हो । 

बुधबार कम्पनीले दिएको जानकारीअनुसार यो सम्झौतासँगै इजरायली कम्पनीले भारतलाई विभिन्न ७ चरणमा मिसाइल प्रतिरक्षा प्रणाली प्रदान गर्ने छ । आईएआईले भारतलाई बिक्री गर्न लागेको यो मिसाइल प्रतिरक्षा प्रणालीको प्रयोग अहिले इजरायल तथा भारतीय सेनाले प्रयोग गर्दै आएका छन् । पछिल्लो केही वर्षमा आईएआईको एलआरएसएएम मिसाइल प्रतिरक्षा प्रणालीको व्यापार ६ अर्ब डलरसम्म पुगेको छ । 

आईएआईका सीईओ निमरद शेफरले भारतसँगको साझेदारी लामो समयदेखि रहेको र अहिले आफूहरु संयुक्तरुपमा मिसाइल प्रतिरक्षा प्रणालीको विस्तारको क्रममा अघि बढेको प्रतिक्रिया दिए । उनले भारतको बजार निकै महत्वपूर्ण रहेको र भारतमा देखिएको यस किसिमको प्रतिस्पर्धाबाट आफू भारतमा आफ्नो अवस्था थप बलियो बनाउने दिशामा अघि बढिरहेको बताए ।
 
अमेरिका र रुसका साथै भारतले इजरायलबाट पनि हतियार खरिद गर्दै आएको छ । गत वर्ष आईएआईले भारतीय सेना तथा जलसेनाको लागि हतियार आपूर्तिका लागि २ अर्ब डलरको सम्झौता गरेको थियो । त्यसका साथै भारतीय कम्पनीसँग ६३ करोडको मिसाइल प्रतिरक्षा प्रणालीको लागि पनि सम्झौता गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ