arrow

मन्त्री पुन लागे सर्वियातिर

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
barshaman-pun-news-pokhara.jpeg

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन् । 

सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।  

सम्मेलन शुक्रवार र शनिवार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसंगै उर्जा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमान सिंह थापा समेत भ्रमण दलमा सहभागी भएका छन् । 

सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै उनले आफ्ना समकक्षीउर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिकसंग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसंग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले बताए ।

सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहनेछ । 

उक्त सम्मेलनमा नेपालको उर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ