नगर प्रमुखकै पेट्रोल पम्पबाट मिसावट तेल बिक्री भएको भन्दै कांग्रसले गर्यो कारबाहीको माग
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
669
Shares
काठमाडौं। गुल्मी कांग्रेसले रेसुङ्गा नगरपालिका–२ मा रहेको दीपक बोहोरा आयल स्टोर्सबाट दशैंको मौका छोपी मिसावट गरी तेल बिक्री गरेको भन्दै कारबाहीका लागि प्रशासनसमक्ष माग गरेको छ। कांग्रेसले ज्ञापन पत्र गर्दै स्टोर्स सञ्चालकलाई संविधान र उपभोक्ता संरक्षण हितअनुसार कारबाहीको लागि माग गरेको हो।
विजयादशमीको दिनमा मिसावटयुक्त तेल बिक्री गरेको कारण धेरै सवारीसाधनहरुमा समस्या देखिएको उक्त ज्ञापनपत्रमा दाबी गरिएको छ। नगरप्रमुखकै पेट्रोलपम्पबाट यस किसिमको कालोबजारी भइरहँदा प्रशासन तथा राज्यका अङ्गहरु मौन बसेको विहीबार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।