arrow

तीन तलाक दिने पति पक्राउ

logo
एएनआई,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
india-map-and-flag-1310791.png.png

भोपाल, भारत। भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो।

मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला (विवाहको हक संरक्षण) अध्यादेश २०१८ बमोजिम मुद्दा दर्ता गरिएको छ। मेघनगरको शेरवानी मोल्लाकी स्थायी बासिन्दा सल्मा बानोले आरिफसँग १० वर्ष पहिले विवाह गर्नुभएको थियो। यो दम्पतीका दुईजना बच्चा पनि छन्। बानोको उजूरीका आधारमा प्रहरीले आरिफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बानोले आफू धेरै मोटाएको भन्दै पतिले तलाक (सम्बन्ध बिच्छेद) दिएको बताएका छन्। धेरै मोटाएको भन्दै आफूमाथि पटकपटक दुव्र्यवहार र कुटपिट गर्ने गरेको उनको आरोप छ। “तीन पटक तलाक दिएपछि बाध्य भएर मैले प्रहरीमा उजूरी दिएकी हुँ,” बानोले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ