दशैं लगत्तै राप्रपाका तीन दर्जन नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
912
Shares
डोटी। दशैं लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन दर्जन नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। डोटीको शिखर नगर पालिका वडा नम्बर ३ आलीमा बिहिवार नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सोहि वडाका राप्रका वडा अध्यक्षका उम्मेद्धार गणेश जोरा लगाएतका तीन दर्जन नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक तथा यातायात मन्त्री बिर बहादुर बलायरले टीका तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन्।
जोरा सहित युवा नेता गणेश कठायत, तेज जोरा, युवराज जोरा, पुर्ण जोरा लगायतका तीन दर्जन नेता तथा कार्यकताले नेपाली कांग्रेसमा रहेर समाजको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाए ।