arrow

बुटवल उपमहानगरद्वारा ५ हजारमा घर नक्सा

‘१४ जनाको न्यूनतम शुल्कमा नक्शा बनाएर हस्तान्तरण’

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
butwal-nagar.jpg

बुटवल। बुटवल उपमहानगरपालिकाले एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्शा न्यूनतम शुल्कमा बनाउन शुरु गरेको छ।

उपमहानगरको आर्थिक वर्ष २०७५-७६ को नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने नक्शा न्यूनतम शुल्कमा बनाएर १४ जनाको नक्सा हस्तान्तरण पनि गरेको हो।

बिहिबार एक समारोहका बिचमा १४ जनालाई सेवा लिएकोमा धन्यबाद सहित सम्मान गरेको हो। अहिलेसम्म ४१ जनाले यसबारेमा  परामर्श लिएको जनाएको छ।

नक्शा डिजाइन बापत भुइ तलाका लागि रु ५ हजार र सो भन्दा माथि थप रु ३ हजार शुल्क तोकेको छ। तोकिएको मापदण्डअनुसार घर बन्ने आशाले यसप्रकारको अभियान थालिएको नगर प्रमुख शिबराज सुबेदीले बताए।

निजी प्रविधिज्ञले नक्शा डिजाइनका लागि उपमहानगरपालिकाले तोकेको भन्दा तीन गुणा बढी शुल्क लिने गरेका छन्। उपमहानगरपालिकाले नै प्राविधिक जनशक्ति करारमा राखेर सेवा प्रदान गर्ने तयारी गरेको छ।

नगरभित्र वार्षिक रुपमा झण्डै १ हजार ५०० भन्दा बढी घर निर्माण हुने गरेको तथ्याक रहको छ। सेवाग्राहीले घर नक्शा निर्माणका लागि जग्गाधनी पुर्जा, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्शा, फाइल नक्शा, घर धनीको फोटो, चारकिल्ला विवरण, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद लगायतका कागजात सहित आवेदन गर्नुपर्ने छ।

उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनीयर सुमन श्रेष्ठले डेस्क सञ्चालन भएकाले सर्वसुलभ र गुणस्तरीय सेवा दिइने बताउछन्। सेवाग्राहिले सेवालाइ छिटो र छरितो बनाउन सुझाब दिदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ