arrow

निर्मला हत्या प्रकरणमा जोडिएका एसपी बिष्ट र इन्सपेक्टर भट्टको जागिर गयो

जागिर खोस्ने मात्र हैन मुद्धा चलाउन स्थानीयको माग

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
bista-bhatta-home-ministery.jpg

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने लगायत अनुसन्धानमा लापरवाही गरेको आरोपमा निलम्बनमा परेका प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश प्रसाद भट्टलाई गृह मन्त्रालयले वर्खास्त गरेको छ।

प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनेतर्फ आवश्यक कार्वाहीको लागि सिफारिस गरेपछि दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि मन्त्रालयले बिष्ट र भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि दुबैजनालाई बिहिवारबाटै लागू हुनेगरि पदबाट बर्खास्त गरिएको हो। 

निर्मला हत्या प्रकरणमा न्यायका लागि आन्दोलनमा आएका नागरिकहरुलाई अत्यधिक बल प्रयोग गरेर बिष्टको नेतृत्वको प्रहरी कञ्चनपुरमा आलोचित भएको थियो। 

बिष्ट र भट्टलाई बर्खास्त गर्ने सरकारी निर्णयको स्थानियहरुले स्वागत गरेका छन्। उनीहरुले अब बिष्ट र भट्टलाई कानुनी कार्वाही पनि अघी बढाउनु पर्ने माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ