arrow

सिँगापुरका कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
us-north-korea.jpg

काठमाडौं । अमेरिकाको वाणिज्य विभागले सिँगापुरका २ कम्पनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

विहीबार अमेरिकाको वाणिज्य विभागले उत्तर कारियामाथिको प्रतिबन्धलाई उनीहरुले उलंघन गरेको कारण प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको हो । 

अमेरिकाले उक्त कम्पनीहरुले अमेरिकाबाट पैसा उत्तर कोरिया पुर्‍याउने गरेको बताएको छ । उक्त कम्पनीहरुले सन् २०११ देखि आफ्नो सम्झौता पूरा गर्न उत्तर कोरियासँग लाखौं डलरको कारोबार गर्दै आएको अमेरिकाको दाबी छ । 

विशेषगरी यो प्रतिबन्ध सिँगापुरको व्यापारिक कम्पनीका प्रमुख टान वी बेङलाई लक्षित गरी ल्याइएको हो । 

अमेरिकी न्याय विभागले टानमाथि आपराधिक मुद्दा लगाउने तयारी भइरहेको जानकारी दिएको छ । यद्यपि अहिलेसम्म के के मुद्दा लगाउने तयारी भइरहेको हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ