arrow

फेरि अर्को देशमा महिला राष्ट्रपति

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
ethiopia-president.jpg

अडिस अबाबा । इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छिन् । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ । 

निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाएकी हुन् । 

दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छिन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सवै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताइन् । 

उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेलेको भन्दै प्रशंसा हुने गरेको थियो । 

अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रुपमा चिनिन्छ । उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूत समेत भएकी थिइन् । 

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजिनामा स्वीकृत गरेपछि मात्रै ६८ बर्षीय ज्वदेलेलाई निर्वाचित गरेको थियो । 

सन् २०१३ को अक्टोबरमा राष्ट्रपतिमा निर्वाचित भएका ६३ बर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ