arrow

जापान र चीनबीचको कारोबारमा आफ्नै मुद्रा चलाइने, अमेरिकालाई झड्का

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
china-japan.png

काठमाडौं । जापान र चीनको बीचमा ३० अर्ब अमेरिकी डलरसम्मको विनीमय सम्झौता भएको छ । शुक्रबार दुवै मुलुकहरुले आर्थिक स्थायित्वको लागि यो सम्झौता गरेको जापानले जानकारी दिएको छ । 

यो सम्झौता शुक्रबारबाट कार्यान्वयनमा आएको छ । यसमा आधारित रहेर दुवै मुलुकका केन्द्रीय बैंकहरुले स्थानीय मुद्रा साटासाट गर्न सक्नेछन् । यो सम्झौता तीन वर्षको लागि गरिएको हो । 

जापान र चीनको बीचमा अहिले भएको सम्झौताले आगामी दिनमा दुई मुलुकहरुको बीचको सम्बन्ध थप प्रगाढ बन्नसक्ने देखिएको छ । 

यो सम्झौताले आगामी दिनमा दुई मुलुकहरुको बीचमा व्यापार तथा सुरक्षाको क्षेत्रमा सहकार्यको लागि महत्वपूर्ण हुने बताइएको छ । जापानी प्रधानमन्त्री सिन्जो अवेको चीन भ्रमणको क्रममा दुई मुलुकको बीचमा यस्तो सम्झौता भएको हो । 

अमेरिकासँग व्यापारयुद्ध जारी रहेको अवस्थामा जापान र चीनले आर्थिक तथा व्यापारिक सहकार्य बढाउने निर्णय गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ