arrow

पाकिस्तानी प्रधानमन्त्री इमरान खान नोभेम्बर २ मा चीन जाने

logo
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
imran-khan-PM.jpg

इस्तानबुल। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

खान प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुने भएको छ। उनको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन्। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ।

भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्नुहुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्नुहुने भएको छ। उनले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउनु हुने कार्यतालिका रहेको छ।

पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा उनले मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ