कांग्रेस नेता भण्डारीको प्रार्थना : अर्को जुनीमा यस्ता नेतासँग भेट्न नपरोस् !
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
269
Shares
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले अर्को जुनीमा नेपालका नेताहरुसँग भेट्न नपरोस् भनेर प्रार्थना गरेका छन् । आफ्नै पार्टीको नेतृत्व तहसँग रिस पोखेरका नेता भण्डारीले नेतृत्व तहन नै गतिलो नभएका कारण पार्टी अहिलेको अबस्थामा पुुगेको हो भन्दै आसेपासे र चम्चाहरुले पार्टी शिथिल पारेको आरोप समेत लगाए ।
रुपन्देहीको बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा नेता भण्डारीले भने “अर्को जुनीमा नेपालका यस्ता नेतासंग भेट नहोस् भनेर दशैंमा सिमान्तकृत बस्तीमा पुुगेर प्रार्थना गर्दै टीका लगाएँ” ।
परिवार केन्द्रित र देश लुुट्नेको पक्षमा अबको राजनीति जान नहुने बताएका भण्डारीले अहिलेको अवस्था ल्याउन हज्जारौंले दिएको बलिदानको दलहरुले अबमुल्यन गरेको आरोप समेत लगाए ।
नेपाली कांग्रेसलाई गुट उपगुटले नै थला पारेको भन्दै नेता भण्डारीले भने “कांग्रेसमा नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अवस्थामा पुुगेको हो, आसेपासे र चम्चाहरुका कारण पार्टी थप कमजोर बनेको छ” ।