- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी। जिल्लामा खुलेआम मिसावटयुक्त पेट्रोलियम पर्दाथ विक्रि भएकोप्रति जिल्ला प्रशासन कार्यालय गुल्मीले ध्यानार्कषण भएको जनाएको छ।
दशैंको बेला रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको पेट्रोल पम्पबाट मिसावट पेट्रोल विक्रि वितरण भएको भनि नेपाली कांग्रेस रेसुङ्गा नगर कार्य समितिले प्रशासनको ध्यानाकर्षण गराएको थियो।
कांग्रेसको ध्यानाकर्षण पछि प्रशासनले शुक्रबार प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ।
नेपाली कांग्रेसले विग्रीएका मोटरसाईकलबाट मिसावट गरिएको तेल निकाली शुक्रबार नै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बुझाएको थियो। छानविन समितिले परिक्षणका लागि मिसावट तेल ल्याव टेस्टका लागि पठाईने प्रजिअ पौडेलले जानकारी दिए।
रेसुङ्गा नगरपालिका २ मा रहेको दिपक बोहोरा आयल स्टोर्सबाट विजया दशमीको अवसरमा मिसावट पेट्रोल विक्रि गरे पछि जिल्लाका सवारी साधनहरु विग्रिएका थिए।
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हक मौलिक अधिकारका रुपमा ग्यारेन्टी गरिए पनि नगरप्रमुखकै पम्पबाट गैरजिम्मेवारपूर्वक कारोबार गरिनु जनविपरित काम गएिको आम उपभोक्ताले गुनासो गरेका छन्।