arrow

असुरक्षाको कारणले बाराको पचरौता नगरपालिका कार्यालय सार्ने

logo
मुकेश यादव,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
bara-nagar.jpg

बारा। असुरक्षाको कारण देखाउदै बाराको पचरौता नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले नगरपालिकाको कार्यालय वडा नम्बर ४ बाट वडा नम्बर ६ पकडियामा सार्ने निर्णय गरेको नगरप्रमुख रमेश कुमार यादवले बताएका छन। 

पकडियामा कार्यालय गएपछि करिब ७ वटा वडाबासीलाई नजिक तथा सुरक्षाको प्रत्याभुती नगर प्रमुख यादवले बताए। कलैयामा शुक्रवार पत्रकार सम्मेल नगरी नगरप्रमुख यादवले स्थानीय केही ब्यक्तिहरुको आक्रमण र गाली गलौजका कारण कर्मचारीका साथै जनप्रतिनिधिहरु असुरक्षित महशुस गरेकाले कार्यालय सार्ने निर्णय गरिएको बताए।

केही स्थानीयहरुको अवरोधका कारण दैनिक कार्यालय सञ्चालनगर्न समेत समस्या उत्पन्न भएपछि कार्यालय सार्नु परेको नगरप्रमुख यादवले बताए। बैठकले नगर उपप्रमुख ईन्दुदेवी यादवलाई स्वकिय सचिव उपलब्ध गराउन यसअघि असोज ११ गते भएको निर्णय पनि स्थगित गरेको छ।

बैठकले कर्मचारी तथा जनप्रतिनिधिहरुले स्थानीय प्रशासनसँग सुरक्षाको मांग समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ