arrow

चीनमा मानवअधिकारको अवस्थामा आवेको चिन्ता

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
abe-kequang.png

काठमाडौं । चीन भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो अवेले चीनको कन्दी शिविरको मानवअधिकारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार चिनियाँ प्रधानमन्त्री लि क्विंगसँगकोे वार्ताको क्रममा आवेले यस्तो बताएका हुन् । 

जापानी प्रधानमन्त्रीले चिनियाँ समकक्षीसँगको भेटको क्रममा जापानसहित अन्तर्राष्ट्रिय समुदायको ध्यान चीनको मानव अधिकारको विषयमा रहेको बताएका हुन् । 

विवरणमा चीन र जापानको बीचमा धेरै राजनीतिक विषयमा मतभेद रहको भए पनि दुई पक्षको बीचमा आर्थिक सहयोग बढाउने विषयमा सहमत भएका छन् । पछिल्लो एक वर्षयता चीन र जापानको सम्बन्धमा पनि उल्लेख्य सुधार आएको छ । 

संयुक्त राष्ट्रसंघले केही समयअघि चीनले १० लाखभन्दा बढी उइघर मुस्लिमहरुलाई राखेको र उनीहरुमाथि बढ्दो सरकारी निगरानीको विरोध गरेको थियो । यस्तोमा जापानी प्रधानमन्त्री चीनको मानवअधिकारको विषयमा चिन्ता व्यक्त गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ