arrow

नवलपरासीमा बस दुर्घटना, एघार घाइते

logo
रासस,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
nawalparasi_map_new.png

कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किदा सो दुर्घटनामा भएको हो। दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताए। घाइतेको नाम, ठेगाना खुल्न बा“की रहेको उनले बताए।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन्। देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका थिए। उहा“को अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ