arrow

गाउँपालिका अध्यक्षको विद्यालयमा आगलागी

logo
प्रकाशित २०७५ कार्तिक १० शनिबार
Nawalparasi-hamrakura.jpg.jpeg

परासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ। गए राति आगलागी भए पनि आज बिहान ६: ३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताए। उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिए।

सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको हो। आगलागीबाट करीब रु आठ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताए। आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ