arrow

प्रमुख सचेतकले नै कांग्रेस स्थायी गुटले खायाे भने

कम्युनिष्ट शासन १० वर्ष चल्दैन 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
balkrishna2.jpg

बुटवल। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले १० वर्ष कम्युनिष्ट शासन व्यवस्था चल्न नसक्ने जिकिर गरेका छन्। उनले कम्युनिष्टको आचरण र शैली संविधान विपरित चलिरहेको भन्दै सरकारलाई कार्यशैली सच्चाउन अनुरोध समेत गरेका छन्। उनले नेपालका अन्य दलहलरुले पनि यस विषयमा बेलैमा सोच्नको लागि आग्रह समेत गरे। नयाँ पुस्ताले चाहेको जस्तो मुलुक निर्माणको लागि लाग्नको लागि ढिला गर्न नहुने खाँणको भनाइ छ।

नेपालमा कम्युनिष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै नेता खाँणले द्वन्द्वान्तमक भौतिकवादको सिद्वान्त अनुसार आयु गणना सुरु भएको बताए। उनले भने, ‘एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यही घरको आयु घट्न शुरु भै सक्यो।’

उनले सदाकै लागि नेपालमा शासन चलाउने सपना नेकपाले नदेख्नको आग्रह गरे। उनले भने, ‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्युनिष्ट साथीहरुले एक पटक माक्र्ससिजम पढ्नुहोला।’

रिपोर्टर्स क्लब प्रदेश ५ बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका खाँणले अहिलेको सरकारकै कारण संघीयता धरापमा परको बताए। पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको उनको गुनासो छ। तर, संघीयतालाई दिगोपना दिनको लागि नेपाली काग्रेस लागि परेको उल्लेख गरे। संघीयता धरापमा परेको भन्दै उनले यसलाई दिगो रुपमा लैजानुको विकल्प नरहेको समेत बताए।

संघीयताका केही कमी कमाजोरीहरु रहे पनि धेरै राम्रा पक्षहरु रहेको भन्दै उनले ति राम्रा पक्षलाई अगाडी बढाएर संघीयतालाई दिगो पना दिनुपर्ने उनको भनाइ छ। ‘संविधानमा उल्लेख भएका अधिकारहरुलाई परिमार्जन र परिस्कृत गर्नुआवश्यक रहेको छ, नेकपाले दुई तिहाईको आडमा अन्य दलको अस्थित्वलाई अस्वीकृत गर्ने परिपाटीले सरकारलाई नै घाटा हुन्छ’खांणले भने।

जनतालाई बढी भन्दा बढी सम्पन्नशाली बनाउनको लागि  संघीय लोकतान्त्रिक  गणतन्त्र नै उत्तम विकल्प भएको भन्दै उनले पछिल्लो समयमा नेकपाको सरकारले प्रदेश, स्थानीय सरकारलाई अधिकार दिनुको सट्टा विभिन्न विवादित कार्य गरिरहेकोमा आपत्ति जनाए। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले प्रतिपक्ष दललाई सरकारले उचित व्यवहार नगरेकोमा दुःख प्रकट गरे।

सरकारले कर आतंक सृजना गर्ने वाहेक ठोस कार्य गर्न सकेन 
सरकारले कर आतंक सृजना गर्ने कार्यवाहेक ठोस कार्य गर्न नसकेको नेता खाँणको आरोप छ। उनले भने ‘घरको कर तिर्नको लागि घर नै बेच्नुपर्ने अवस्था समेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानुआवश्यक छ।’

उद्योगी व्यवसायीहरुलाई समेत सकरारले आतंकित पार्ने काम गरेको भन्दै उनले सरकारलाई राज्यको शक्ति दुरुपयोग नगर्नको लागि आग्रह गरे।उनले भने ‘सरकारले आफ्नो गतिविधिलाई परिस्कृत गर्न नसकेकमा सरकारको स्थनियत धेरै कमजोर हुन्छ, बेलैमा ख्याल  गर्नु राम्रो।’

जस्ले जहाँ जे बोलेपनि बुटवलबाट स्थायी राजधानी सर्नै सक्दैन 
पूर्ववर्ती देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको र त्यसका लागि आफूले निकै ठूलो पहल गरेको उनको भनाइ छ। खाँणले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विस्वस्त हुनको लागि आग्रह गर्दै उनले यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर लैजानै नसक्ने ठोकुवा गरे।

प्रजातन्त्र र पत्रकारिता एकसिक्काका दुई पाटाको रुपमा  स्थापित भएको भन्दै खाँणले समाचार संकलन गर्दा, पत्रकारहरुको कहिल्यै पनि खुट्टा कमाउन नहुने बताए।

स्थायी गुटले कांग्रेस कमजोर बन्यो
नेता खाँणले कांग्रेसमा स्थायी गुटले दुःख दिएको बताए। उनले भने, ‘यो गुट कहाँबाट आयो र निरन्तरता पायो म अचम्म परेको छु,यस्लाइ तोड्नु पर्दछ।’ कांग्रेस अब नयाँ शिरा र शक्तिका साथ अगाडि बढ्ने बेला आएको भन्दै अबको ५ वर्षमा पहिलो शक्ति बन्ने गरि काम शुरु हुने जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ