arrow

चियापानमा शेरबहादुरले प्रचण्डलाई भेटे, ओलीलाई नदेखिपछि चाँडै निस्किए 

logo
प्रकाशित २०७५ कार्तिक १० शनिबार
Sher-Bh-Deuba.jpg

काठमाडौं । सत्ताधारी नेपाल कम्युष्टि पार्टी (नेकपा)ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख विपक्षी पार्टीका नेताहरु उल्लेख्य रुपमा सहभागि भएका छन् । 

प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं चियापानमा सरिक भए । सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको भनि आलोचना गरिरहेको विपक्षी पार्टीका नेताहरु चियापानमा भने उल्लेख्य रुपमा सहभागि भए । 

सभापति देउवाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरे । भने, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि चियापानमा सरिक हुन सकेनन् । ओलीलाई नदेखेपछि देउवा चियापानबाट चाँडै निस्किए । बाहिरिँदा सञ्चारमाध्यमलाई समेत प्रक्रिया दिएनन् ।

देउवासँगै कांग्रेसका अन्य पदाधिकारी तथा थुप्रै केन्द्रीय सदस्यहरु सहभागि भए । यस्तै, रामचन्द्र पौडेल तथा नेता कृष्ण सिटौला पक्षधर नेताहरु पनि चियापानमा देखिए । 

सिटौला पक्षधर नेता भिमसेनदास प्रधानले यो चियापानले सत्ताधारी र प्रतिपक्षबीचको संवादविहिनता हट्ने र यही चियापानबाट सत्ताधारी दलले सम्वृद्धिको अभियानमा विपक्षीको भूमिकालाई पनि मध्यनर गर्ने बताए । नेकपाका नेता जीवनराम श्रेष्ठले यो चियापानले मूख्य गरेर पार्टी एकताका बाँकी कामलाईं निष्कर्षमा लैजाने र विपक्षीहरुसँगको सम्बन्धमा पनि सुरधार आउने बताए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ‘यो संस्कृति हो । यसले सदुभाव बढाउँछ । यही चियापानबाट रिजल्ट खोज्ने होइन । विगतदेखि चलेको रित हो’ भने ।  उनले अगाडि भने, ‘बजेट आउँदा प्रतिपक्षीको मौन समर्थन रहयो, अहिले विभिन्न ऐन ल्याउँदा सर्वसहमतिले पारित गरेका छौँ, लोकतन्त्रमा यो भन्दा सून्दर पक्ष के हुन सक्छ ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ