arrow

पाकिस्तानले लगायो भारतीय टीभी च्यानलमा रोक

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १० शनिबार
pakistan-supreme-court.jpg

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले भारतीय टीभी च्यानलहरुमाथि प्रतिबन्ध लगाउने फैसला सुनाएको छ । तल्लो अदालतले यसअघि सुनाएको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले यस्तो निर्णय गरेको हो । 

पाकिस्तानी प्रधानन्यायाधीश सकिब निसारले भारतले पाकिस्तान बग्ने नदीहरुमा बाँध लगाई थुन्ने काम गरेको भन्दै त्यसकोे प्रतिक्रियास्वरुप यस्तो निर्णय गर्नुपरेको बताएका छन् ।

पाकिस्तानले उक्त बाँधहरुलाई हतियारको रुपमा प्रयोग गर्न लागेको बताएको छ । पाकिस्तानमा भारतीय टेलिभिजन तथा फिल्महरु लोकप्रिय छन् ।

पाकिस्तानमा सिँचाइ हुने ८० प्रतिशत कृषि भूभाग भारतबाट बग्ने नदीहरुमा निर्भर रहने गरेका छन् । जसमध्ये धेरै हिमालय क्षेत्रबाट आउने गरेका छन् । पाकिस्तानले सबैभन्दा पहिले सन् १९६५ मा इन्डो–पाकिस्तान युद्धको क्रममा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

सन् २००८ मा सो प्रतिबन्ध फुकवा गरेको थियो । सन् २०१६ मा पनि पाकिस्तानले काश्मिरको मुद्दालाई उठाउँदै सबै भारतीय टीभी र रेडियोहरु प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ