arrow

श्रीलङ्काका राष्ट्रपतिद्वारा संसद् निलम्बन

logo
एएफपी
प्रकाशित २०७५ कार्तिक १० शनिबार
sirisena.jpg

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गरेका छन्। 

प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गरेका हुन् । 

संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गरेको पुष्टी गरेका छन् । 

शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै निलम्बन गरेका हुन् । 

विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै बहुमत पुष्टी गरेर देखाउने बताउँदै आएका थिए । उनले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफूलाई हटाउन नमिल्ने दावी पनि गरेका छन् । 

संसद्मा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेश गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलङ्कामा अव आर्थिक संकटसमेत आउन देखिएको छ । 

राष्ट्रपति सिरीसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । सिरीसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए । 

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाएका छन् । 

गएको राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति सिरीसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए। आफ्ना विरोधी र प्रतिश्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरीसेनाले चकित बनाएका छन् । 

आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरीसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हँुदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । विक्रमासिंघेको यूनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ