arrow

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

logo
एएफपी
प्रकाशित २०७५ कार्तिक १० शनिबार
imf.jpg

वासिङ्टन । आर्थिक सङ्कटबाट अघि बढेको अर्जेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । 

आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ । 

अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको जुन महिनामा ५० अर्ब कर्जा उपलब्ध गराउने सहमति जनाएको थियो । जसमध्ये १५ अर्ब डलर फिर्ता भइसकेको छ । 

राजनीतिक अस्थिरताका कारण पछिल्ला केही बर्षमा अर्जेन्टिनाले आर्थिक सङ्कटको सामना गर्दै आएको छ । ब्युनर्स आयर्सको तीब्र खर्चका कारण उसले थप आर्थिक सहयोगको अपेक्षासहित दातासँग पुनः हात फैलाउनु परेको हो । 

सबैभन्दा पछिल्लो किस्तासँगै अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्रपति माउरिसियो म्याक्रीको सरकारलाई यसबर्ष २० अर्ब डलर रकम निकाशा गरिसकेको छ । “चुनौतिपूर्ण वातावरणका बाबजुद सरकारले सक्रियताकासाथ आफ्नो नीति तथा कार्यक्रमलाई मजबुत बनाएको छ,” अन्तराष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिष्टिन लागार्डले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् । 

आर्थिक सङ्कटका कारण निम्तिएको समस्याले गत अप्रिलदेखि अर्जेन्टिनी मुद्राको मूल्य अमेरिकी डलरसँग नियमित तथा तीब्ररूपमा खस्किँदो अवस्थामा रहेको छ । अर्जेन्टिनामा राजनीतिक अस्थिरतासँगै यस बर्ष देखिएको खडेरीका कारण यहाँको अर्थतन्त्रमा व्यापक गिरावट आएको हो । 

अर्जेन्टिनी मुद्रा पेसोको मुल्यमा यस बर्षको शुरूदेखि निरन्तर कमी आएको छ । पेसोको मूल्य अमेरिकी डलरसँग बर्षको शुरूको तुलनामा ५० प्रतिशतले कमी आएको छ । राष्ट्रपति म्याक्रीले अगस्टमा कर्जा बिषयमा आइएमएफसँग पुनः वार्ता गर्न खोजेको घोषणासँगै दुई दिनको समयमा नै अमेरिकी डलरसँग पेसोको मूल्य करिब २० प्रतिशतले घटेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ