सिरियाको राजनीतिक सङ्कटबारे छलफल गर्न चार देश एक ठाँउमा
एएफपी,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
523
Shares
इस्तानबुल। सिरियाको राजनीतिक सङ्कटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको उद्घाटन गर्दै सम्मेलनले सिरियाको सात बर्ष लामो राजनीतिक सङ्कटलाई समाधान गर्न विकल्प निकाल्ने विश्वास गरे।
उनले भने, “विश्व समुदायको आखाँ हामीतर्फ सोझिएको छ। म विश्वस्त छु हामीले विश्व समुदायको अपेक्षालाई सम्बोधन गर्न चुक्ने छैनौ।” सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर एङ्गेला मर्केल र टर्कीका राष्ट्रपति एर्दोगान सहभागी रहेका छन्।