arrow

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ११ जनाको मृत्यु, २ गम्भीर

‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
killed.jpg

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो । 

यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् ।

पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो ।

गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ जनाको मृत्यु भएको पुष्टि गर्दै यो घटनालाई भयानक हमला भएको टिप्पणी गरेका छन् ।

The Tree of Life Congregation Synagogue, Pittsburgh

A Swat officer and police officers arrive at the scene of a suspected religiously-motivated attack on a synagogue in Pittsburgh, Pennsylvania, 27 October 2018

Suspected attacker Robert Bowers

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ