arrow

एक बृद्धको घाँटी रेटी हत्या

logo
मुकेश यादव
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
Killed.jpeg

बारा । बारामा शनिबार राति एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका–२३ कोइरिया टोलका करिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताएका छन् । 

खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब राति साढे आठ बजेको हो । 

घटनाको  बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ