arrow

दुना टपरी, जाँदैन दशैं तिहार भर नपरी

logo
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
duna-tapari.jpg

पाल्पा । यस वर्षको बडादशैं भब्यपूर्वक नेपालीहरुले मनाए । तिहारको रौनक पनि आउन थालिसक्यो । दशैं र तिहारसंगै झण्डै सबै चाडपर्वमा चाहिने मुख्य संस्कार र सत्कार हो ‘दुनाटपरी’ । 

आधुनिकताले ढाकेपनि गाउँघरमा पुजा आजामा नभै नहुने र पुजा अर्चनासँग जोडिने दुना टपरी गाँस्नेको चटारो नै हुने गर्छ । 

सोह्र श्राद्ध लागेदेखि नै दुनाटपरीको महत्व झल्किन्छ । पवित्र काम गर्दा दुनाटपरी अझ बढी पवित्र बनेर आइदिन्छन् । 

खास गरी बिजयादशमीका दिन शिरमा सिउरिने पहेँलो जमरा राख्न घटस्थापनामा भन्दा अघिदेखि सालका पातको जाहो गरिन्छ । घटस्थापनाका दिन पुजाकोठामा सालको पात गासेर बनाइएको टपरीमा बिधिवत रुपमा जमरा राख्ने प्रचलन छ । 

बिशेष गरि सालको पातबाटै बनाइएको दुना टपरीमा थरि थरिका परिकार खाने चलन छ । वन जङ्गल प्रशस्त पाइने हाम्रो देशमा दुना टपरीको जोहो गर्न स्थानीयहरु दशैं आउन १ महिना दिन अघि जो सालको पातको टिप्न जाने गर्छन् । चाडपर्वमा पुजा सर्जमका लागि हरियो सालको पातको दुनाटपरी चोखो मानिने पण्डित रामचन्द्र खनालले बताए ।

नेपालका पहाडी जिल्लाहरुमा सालका रुख पर्याप्त पाइन्छन् । झण्डै देशका सबै नागरिकहरु कुनै न कुनै सामुदायिक बनको उपभोत्ताका रुपमा जोडिएका छन् । गाउँघरमा नजिकको जङ्गलमा पात खोज्न जाने चलन छ भने शहरमा यसको बिक्री गर्नेदेखि गाउँबाट शहरका आफन्तीकहाँ पात ल्याइदिने चलन उत्तिकै रहेको बताउँछन् सामुदायिक वन उपभोत्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ । 

सालको पातबाट बनाइएको टपरीमा रोटी दुनामा तरकारी, मासु, अचार खान स्वादिलो लाग्ने गरेको कतिपयको भनाई छ । दशैंका बेलामा घरघरमा सालका पातबाट दुनाटपरी बनाउनेहरुको भ्याइनभ्याई हुन्छ भने पछिसम्म चाहिन्छ भनेर गाँसेर घरका ओसारी, कोठामा चागेर राख्ने गरेका छन् । 

दशैंका लागि ताजा टपरी राख्न रामपुर ५ की बिष्णु मानन्धरले पुरानो सुकेकोमा राम्रो हुन्न २ दिन अघिमात्र वन गएर एक भारी सालको पात ल्याएर टपरी गाँसेको बताएका थिए । मानन्धर सँगै उनका वल्लो पल्लो घरमा पनि दुनाटपरी लगाउनेलाई पात गास्नेको दशैंका बेलामा परेको थियो ।


 
अरु चाडवाडमा भन्दा दशैं तिहारलाई पात टिप्नेको एक महिनाअघि देखि नै बनमा लाइन हुने गरेको रामपुरको राम्चे सामुदायिक बनका अध्यक्ष किर्तिनाथ श्रेष्ठले बताए । 

८२ हेक्टर क्षेत्रफलमा फैलिएको बनको अधिकांश भागमा साल छन् । पाल्पामा धेरै सालका बन पाइन्छन् श्रेष्ठले भने– प्रत्येक बर्ष बनको केही भाग गोडमेल हुन्छ । जहाँ उपभोत्तालाई सहज हुन्छ त्यही गएर टिप्छन् । 

यसरी वनमा जाँदा हँसिया या अन्य हतियार लैजान पाइँदैन । उपभोत्ताको आबश्यकता र पर्वका लागि भनेर बनले निर्वाध पात टिप्न दिने गरेको छ ।

उपभोक्ताले नै संरक्षण गरेको सामुदायिक वन भएकाले आबश्यकता अनुसार पात लैजाने गरेको राम्चे वनका उपभोत्ता तथा सामुदायिक बन महासंघका प्रदेश सदस्य बिन्दु श्रेष्ठको भनाई छ । 

उपभोत्ता भन्दा बाहिर स्थानीयलाई पनि पात टिप्न दिइन्छ । तर पुजाआजा र मर्दापर्दा सालको लिङ्गो र सुकेको १–२ भारी दाउरा आबश्यकता भए वनले अनिवार्य निवदेन खोज्छ ।

यसरी सहज रुपमा पात पाइने र धार्मिक, सांस्कृतिक एंव मौलिकतासँग जोडिएको सालको पातबाट दुनाटपरीको महत्व झनै बढेको छ । 

दुनाटपरी तत्काल नपाइने ठाउँमा पनि मेसिनको प्रचलन बढेको छ । बिभिन्न संस्था र सहकारीले सालका पात मेसिनद्धारा बनाएर बजार पठाउन थालेका छन् ।



नयाँ