arrow

महिला टिमले ड्रग्समा आगो लगाएर लियो सेल्फी, दियो उदाहरण

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
selfie-police.JPG

काठमाडौं। यतिबेला विश्वभर एक महिला टिमले ४०० किलो अवैध लागुऔषधमा आगो लगाएको चर्चा भइरहेको छ। पाकिस्तानको पेशावरमा एन्टी नार्कोटिक्स फोर्स एएनएफलको महिला टिमले कब्जामा लिएको अवैध ४०० किलो लागुऔषधमा आगो लगाएर सेल्फी लिएका हुन्। यी तस्वीरहरु अहिले सोसियल मिडियामा भाइरल भइरहेका छन्। मानिसहरुले त्यो महिला टिमले देखाएको हिम्मतप्रति ऐक्यवद्धता जनाएका छन्। 

यसलाई नशाको विरुद्धमा महिला क्याम्पेनका रुपमा हेरिएको छ । भाइरल भएका तस्वीरमा एक महिला पुलिसकर्मीले हातमा राइफल लिएकी छिन्।पाकिस्तानी महिलालाई दबाएर राखिने अड्कल विरुद्ध पाकिस्तानी महिलाहरु साहसी भएको प्रतिक्रिया पनि आइरहेको छ। यो कदमको पाकिस्तानी रक्षा मन्त्रालयले तारिफ गरेको छ । त्यो महिला टिमले समाजलाई लागुऔषध मुक्त बनाउन चाहेको प्रतिक्रिया पनि दिएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ