arrow

रकम हिनामिना गरेको भन्दै युवाले लगाए गाउँपालिका कार्यालयमा ताला

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
purbakhola-vdc.jpg

पाल्पा ।  पाल्पाको पुर्वखोला गाउँपालिकाका युवा समुहले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाले सार्वजनिक सुनुवाई नगरेको, सरकारी गाडी व्यक्तिगत काममा लगाएको, गाडी किन्दाको खर्च विवरण पनि सार्वजनिक नगरेको, भवन निर्माणको विवरण पनि जानकारी नगराएको तथा बिभिन्न शीर्षकका रकम हिनामिना गरेको भन्दै आइतबार १० बजेदेखि कार्यालय बन्द गराएका हुन् ।

उनीहरुले माग पुरा नभएसम्मका लागि तालाबन्दी गरेको जनाएको स्थानीय नविन आचार्यले बताए । गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले इन्जिनियरको नभएको बिषयमा समस्या आएको होला भन्दै बुझ्ने बताए ।

गाउँपालिकाका प्रवक्ता निर बहादुर सारुले आफु सदरमुकाम भएको र आफुलाई केही जानकारी नआएको बताए । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेलले आफु बाटोमा भएकाले त्यहाँ पुगेर मात्र के भएको हो तथ्य बाहिर आउने बताए ।पौडेल बुटवलमा रहेको जानकारी दिए । पहिले त्यस्तो केही समस्या थिएन । एकाएक के भएको छ? म पनि अलमलमा परे–उनले भने ।

स्थानीय युवाहरुले भने गाउँपालिकाका हिसाव किताब नागरिकलाई जानकारी नदिएको र सरकारी गाडी किन्दाको हिसाव छर्लङ्ग जनताका सामु राख्नुपर्ने, दुरुपयोग गरि चलाउन नपाइने र सरकारी सवारी साधनको माँया गरि समयमा सर्भिस गर्नुपर्ने लगायतका माग राखी गाउँपालिका कार्यालय बन्द गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ