arrow

बढ्दो चिनियाँ प्रभावमा यसरी लाग्दैछ अंकुश 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
china7.jpg

काठमाडौं । पछिल्लो समय चीनको विश्वका मुलुकहरु चीनको प्रमुख शक्ति राष्ट्र बन्ने योजनाको विपक्षमा रहेको देखिएको छ । अत्यधिक जनसंख्याको कारण यो मुलुक अन्य मुलुकहरुको तुलनामा केही सबल देखिन्छ । साथै उसको एक महत्वपूर्ण प्रतिस्पर्धी मुलुकको रुपमा अमेरिका देखिन्छ । 

चीनको प्रभाव केही समययता बढ्दो क्रममा देखिन्छ। विशेषगरी आर्थिक हतियारको प्रयोग गर्दै चीनले आफ्नो प्रभाव विस्तार गरिहेको देखिन्छ। केही वर्षयता युरोप र अमेरिका आर्थिक संकटको घाउ पुर्नमा व्यस्त थिए । चीनको बढ्दो प्रभावको अवस्थामा यस विषयमा प्रश्न चिन्ह उठाउँदै आएको छ । 

यस्तोमा निम्न कारणहरुले विश्वमा चीनको प्रभाव कमजोर बन्दै गएको देखिन्छ –

व्यापार युद्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष चीनसँग व्यापारयुद्धको सुरुवात गरेका थिए । जसको कारण अमेरिका जाने आधाभन्दा धेरै सामग्रीहरुमा अमेरिकाले अहिले कर बढाइरहेको छ । अमेरिकाले चीनमाथि अस्वस्थ प्रतिस्पर्धा गर्दै आएको आरोप लगाउँदै आएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुदार नीतिअन्तगर्त धेरै स्वतन्त्र व्यापार सम्झौताहरुबाट बाहिरिने निर्णय गरेका छन् । साथै उनले विश्वको स्वतन्त्र व्यापार प्रणाली नै चुनौती दिएका छन् ।  चिनियाँ अधिकारीहरु अमेरिका अहिले चीनको उदयलाई रोक्ने दिशामा अघि बढिरहेकोमा विश्वास गर्छन् । अमेरिका अहिले आफ्नो विरासतमा चुनौती देखापर्न सक्ने भन्दै डराइरहेको उनीहरुको भनाइ छ । 

अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने व्यापार युद्ध बढ्दै गएको मात्र नभई यो गहिरिँदै पनि गएको उनीहरुको भनाइ छ । केही समयअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनले ‘ऋण कूटनीति’को प्रयोग गर्दै आफ्नो प्रभाव विस्तार गर्ने ध्याउन्नमा रहेको बताएका थिए । साथै उनले चीन अमेरिकाको प्रजातन्त्रमा पनि चुनौती दिने दिशामा अघि बढिरहेको बताएका थिए । धेरै विश्लेषकहरुले पनि चीन र अमेरिकाको बीचमा देखिएको यस किसिमको विवाद केवल व्यापार मात्र नरहेको बताएका छन् । 

चिनियाँहरु अमेरिकाले चीनलाई नै समावेश गरेर अघि बढ्न खोजेकोमा विश्वास गर्छन् । चीन विश्वलाई नै आफ्नो मुठ्ठीमा पार्ने दिशामा अघि बढिरहेको विश्लेषक सी फ्रेड बर्गस्टेनले बताए। अमेरिकन सबै अमेरिकाको प्रभाव भएको स्थानमा मात्र हुर्किएका छन् । यस्तोमा चीनले आफ्नो प्रभाव बढाउँदै गएको खण्डमा यो अमेरिकाको लागि निकै चुनौतीपूर्ण हुनसक्ने देखिन्छ । 

अमेरिकालाई चीनको बढ्दो प्रभाव कम गर्नको लागि कडा किसिमको नीति ल्याउने दबाब बढ्दै गएको थियो । यस्तो अवस्थामा ट्रम्पले निकै कडा योजना अघि सारेका हुन् । यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङ चिनियाँ सत्तामा लामो समयसम्म रहनुले भने धेरैमा आशंका पैदा गरेको छ । दुई नेताहरुमा देखिएको निकै ठुलो इख र कडा वचनले आगामी दिनमा शीतयुद्धलाई निम्तो दिनसक्ने  बताइन्छ । 

राष्ट्रिय सुरक्षा 

अष्ट्रेलियाको संसदले विदेशी हस्तक्षेप रोक्नका लागि भन्दै नयाँ नियम पारित गरेको छ । विशेषगरी चीनलाई लक्षित गरी यो योजना ल्याइएको हो । चीनको बढ्दो प्रभावको विषयमा न्युजिल्याण्डमा पनि बहस सुरु भएको छ। राष्ट्रिय सुरक्षाको मुद्दा चिनियाँ कम्पनीहरुमाथि पनि सोझिएको छ । हुवावे र जेटीईजस्ता कम्पनीहरुले पनि राष्ट्रिय सुरक्षामा खलल पार्नसक्ने भन्दै चिन्ता सुरु भएको हो । 

साथै चीनको विदेशी लगानीले पनि राष्ट्रिय सुरक्षा कमजोर बन्नसक्ने भन्दै केही मुलुकहरु चिन्तित देखिएका छन् । लण्डनका एसओएएसका निर्देशक स्टिभ स्याङ हुवावे कम्पनीको चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग कुनै सम्बन्ध छैन भन्ने कुराको पुष्टि नभएको कारण हुवावेमाथि राष्ट्रिय सुरक्षाको जोखिम देखिएको बताउँछन् । जर्मनीमा पनि चिनियाँ कम्पनीको विषयमा राष्ट्रिय सुरक्षाको विषय उठाउँदै मतदान भएको थियो। 

ऋण कूटनीति

चीनबाट सहयोग पाइरहेका मुलुकहरुको लागि पछिल्लो समय सतर्क रहनुपर्ने आवश्यकता देखिएको छ । चीनले सन् २०१३ मा वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को योजना अघि सारेको थियो । यो योजनामा चीनले आफ्नो व्यापारिक सम्बन्ध एसिया, अफ्रिका, युरोप र अन्य क्षेत्रहरुमा बढाउनु रहेको छ । 

यद्यपि यो योजनाको कारण धेरै मुलुकहरुमा ऋणको समस्या देखिनसक्ने देखिन्छ । श्रीलंका, मलेसिया र पाकिस्तानले यो योजनाको विषयमा आफ्नो चिन्ता जाहेर गरिसकेका छन् । यी मुलुकहरु ऋणको भार बढ्दै जाने र मुलुकमा चीनको प्रभाव बढ्नसक्ने भन्दै सशंकित देखिएका छन् । युरोसिया ग्रुपका एसिया प्रमुख माइकल हिर्सनले यो चीनको आफ्नो प्रभाव बढाउने सबैभन्दा ठुलो हतियार रहेको बताउँछन् । अर्थतन्त्रको सहयोगमा प्रभाव बढाउने कूटनीतिमा चीन लागेको उनको भनाइ छ । चीनको यस किसिमको नीतिको अनुभव श्रीलंकासँग रहेको छ । श्रीलंकाले ऋण तिर्न नसकेसँगै चीनले उसको एक बन्दरगाहमा नै आफ्नो कब्जा जमाएको छ । 

चीनले आफ्नो यो कूटनीतिको लागि भन्दै अर्बौंको डलर संरचना निर्माणको क्षेत्रमा लगानी गरिरहेको छ । यस्तोमा अमेरिकाले चीनको ऋण कूटनीतिबाट सतर्क रहन सबै मुलुकहरुलाई आग्रह गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ