arrow

विवादित मन्त्री स्थापितले दोलखामा देखाए हर्कत, छोरा बुहारी पनि कम्तिका भेटिएनन

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
keshav-sthapit1.jpg

चरिकोट। मीटु अभियानका क्रममा यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापितले दोलखामा आएर जात्रा देखाएका छन् । आरोप प्रमाणित भए कार्वाही गर्छु भनेर प्रदेश ३का मुख्यमन्त्री डोरमणी पौडेलले भने पनि मन्त्री स्थापित भने जिल्ला जिल्लामा गएर हंगामा गर्न थालेका छन् ।

जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय दोलखाको साईन बोर्ड उद्घाटनमा आएका स्थापित शनिबार राति आफ्ना छोरा बुहारी सहित दोलखा झरेका थिए। दोलखा झरे लगतै उनलाई बोलाउने अर्थात निम्ता दिने जलश्रोत तथा सिंचाई बिकास डिभिजनका कार्यलय प्रमुख प्रकाश अधिकारीलाई सम्पर्क गरेर चरिकोटमा रहेको सुभेच्छा होटल गएका थिए। सुभेच्छा होटल व्यवस्थापन पनि मन्त्रीको स्वागतका लागि राति दश बजे सम्म कुरिरहेको थियो । मन्त्री स्थापितलाई होटलवालासँगै कार्यलय प्रमुख प्रकाश अधिकारीको टिमले स्वागत गर्याे। स्वागत गर्न नपाउँदै यो होटलमा आफुहरु बस्ने हैसियत नभएको भन्दै मन्त्रिका छोराबुहारी कड्किएपछि उनिहरुलाई रातरात अर्काे होटलमा बस्ने प्रबन्ध मिलाईयो। कार्यालय प्रमुखले पनि नराम्ररी गालि खाए । प्रमुख अधिकारीले मन्त्रीलाई सकेसम्म शुभेच्छामा नै राख्न पानारोमा रिर्साेटमा खाली नभएको बताएपनि उनिहरुले आफै फोन गरेर गए। चरिकोटमा रहेको पानारोमा रिर्साेटमा मन्त्रीहरु बस्ने टुङ्गो लगायो जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय दोलखाले तर पानारोमा रिर्सोटमा बस्न गएपनि आफुले खाना पकाएर अबेरसम्म कुरेर बसेकाले खाना नखाए खानाको पैसा तिर्नुपर्ने भन्दै शुभेच्छा होटलवाला कराउन थालेपछि उनिहरु खाना खाएर बाहिरिए । मन्त्री स्थापित सहित छोराबुहारी र अन्य गरेर ५ जनाले खाना खाएको पैसा शुभेच्छा होटलवालालाई तिरिएको छैन ।

शुभेच्छामा खाना खाएर गएका स्थापितको परिवारले पानारोमा रिर्सोटमा थप २६ हजार ५ सय १६ रुपैयाँको बील उठायो। यो रकम पानारोमाको भ्याट बाहेक र सर्भिस चार्ज बाहेको रकम हो । पानारोमाको पैसा पनि तिरिएको छैन । जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलयले तिरिदिने भनेपछि मन्त्रीको टिमले यहाँ पनि बाँकी खाएर हिँडेको छ ।

आईतबर जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय दोलखाले कार्यलयको साईनबोर्ड उद्घाटनका लागि मन्त्रिको चाकडी गर्दै बोलाएको थियो । दोलखा आएको करिब दुई तीन दिनभित्रै अधिकारीले कार्यलयको साईनबोर्ड उद्घाटनमा पनि मोटै रकम खर्च गरेर मन्त्री स्थापितलाई बोलाएका छन। देखिन्छ यस कार्यलयको कर्मचारीले ।

बिकासको कामलाई भुलेर प्रदेश सरकारका मन्त्रिहरुले काम नपाएपछि शौचालय उद्घाटन , साईबोर्ड उद्घाटन जस्ता काम गरेर हिड्न थाले पछि आलोचना हुन थालेको छ । त्यसमा पनि विवादित मन्त्रीलाई कार्यक्रम गर्न लगाए पछि दोलखामा मन्त्रीकोसँगै डिभिजन कार्यालयको पनि नकारात्मक चर्चा भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ