नयाँदिल्लीका पूर्व मुख्यमन्त्री खुरानाको ८२ वर्षको उमेरमा निधन
सिन्ह्वा,
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
499
Shares
नयाँदिल्ली। भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ। किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ।
“उहाँलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो।” चार पटक सांसद बन्नु भएका खुराना भारतीय जनता पार्टीका नेता थिए। उनी सन् १९९३ देखि १९९६ सम्म नयाँदिल्लीको मुख्यमन्त्री बनेका थिए। त्यसैगरी सन् २००४ मा छोटो समयका लागि उनी राजस्थानको राज्यपाल थिए।
उनको निधन भएकोप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए।