गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा, गोविन्द केसी किन पुगे निजामति किताबखाना ?
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
253
Shares
काठमाडौं । चिकित्सा क्षेत्रको सुधार र मुलुकमा भएका अनियमितताबारे आवाज उठाउँदै आएका डा. गोविन्द केसीसहित ४ जनाले लामाे समय उमेर विवादमा फसेका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सन पट्टा बनाएको निर्णय सार्वजनिक गर्न माग गरेका छन् ।
डा. केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा. केसीका सहयोगि प्रितम सुवेदी र सुरेसकुमार मुडभरीले सूचनाको हकको प्रयोग गर्दै निर्णयको प्रतिलिपि मागेका हुन् ।
निजामति किताबखाना हरिहरभवन ललितपुरमा बुझाएको पत्रमा पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको अवकास मिति २०७४ फागुन ३० कायम गरी पेन्सन पट्टा बनाउने सम्बन्धमा भएको निर्णय, पत्राचार, त्यसको आधार, प्रमाणसहितको प्रतिलिपि तथा पराजुलीको पेन्सन पट्टाको प्रतिलिपि मागिएको छ ।
‘पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको अवकास मिति २०७४ साउन २१ मानी त्यो मिति पश्चात निजले लिएको सेवासुविधा फिर्ता गरेपछि मात्र पेन्सन पट्टा बनाउने सम्बन्धमा भएको पूर्ववत् निर्णय, पत्राचार, त्यसको आधार, प्रमाणसहितको प्रतिलिपि’ समेत उनीहरुले मागेका छन् ।
डा. केसीसहितका निवेदकले दिएको निवेदनमा ‘विवादास्पद पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको अवकास मिति २०७४ साउन २१ गते कायम भैसकेकोमा त्यस विपरीत हालै मात्र दुषित आधार प्रभाण खडा गरी गराई यस कार्यालयबाट निवको अवकास मिति २०७४ फागुन ३० गते कायम गरी पेन्सन पट्टा लिएको आमसञ्चार माध्यमबाट जानकारी हुन आयो । यस कार्यालयबाट सम्पादन भएको उक्त कायए गम्भीर सार्वजनिक सरोकारको विवाद हो । यस सम्बन्धमा हामी निवेदकहरुको विगतदेखि नै अटुट सरोकार रहँदै आएको छ, भनी उल्लेख छ ।
नयाँ संसद गठनपछि राष्ट्रपतिको सपथ भइराखेको दिन २०७४ फागुन ३० गते राष्ट्रपतिको निवासमा सपथ ग्रहण गराइरहँदा प्रधान न्यायाधीश पराजुलीको पद साउन २१ मै गएको यस्तो पत्र थपाएको थियो न्याय परिषद्ले :