कांग्रेसका वयोवृद्ध नेताद्वय ठकुरी र न्यौपानेलाई सम्मान
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
345
Shares
काठमाडौँ । नेपाली कांग्रेस भक्तपुरका वयोवृद्ध नेताद्वय रामबहादुर ठकुरी र लेखनाथ न्यौपानेलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुनुहुने ठकुरी र न्यौपाने नेपाली कांग्रेस, भक्तपुरका पूर्व सभापति हुन् ।
जहानीया राणशासन, पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध अनवरत सङ्घर्ष गरि प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि अतुलनीय योगदान पुर्याएको ठहर गर्दे नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ क्षेत्रीय समितिले उनिहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दोसल्ला र कदरपत्र प्रदान गरी दुवै जनालाई सम्मान गरेका हुन् ।
सम्मानित हुने न्यौपाने यसअघि प्रतिनिधिसभाका सांसद थिए । उनि ८० वर्षको छन्। भक्तपुरको दधिकोटमा उनको जन्म भएको हो । भक्तपुर क्षेत्र नं २ नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा न्यौपाने र ठकुरीलाई सम्मान गरिएको हो ।
सम्माननित हुनुहुने ९४ वर्षीय ठकुरी नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका समकक्षी हुन् । उपसभापति निधिले प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान पुर्याउने योद्धालाई पार्टीले सधैँ उच्च सम्मान र कदर गर्ने नीति लिएको बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले न्यौपाने र ठकुरीको सम्मान गर्न पाउँदा खुशी लागेको बताए । रासस