arrow

श्रीलंकामा बढ्यो राजनीतिक तनाव, सुरक्षााकर्मीको गोली लागी एकको मृत्यु

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
srilanka1.png

काठमाडौं । श्रीलंकामा राजनीतिक संकट चुलिँदै गएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गरेसँगै केहि स्थानमा हिंसा भड्किएको छ । आइतबारको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको गोली लागी एकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । 

शुक्रबार सिरिसेनाले विक्रमसिंघेलाई सत्तारुढ गठबन्धनबाट हटाउँर्द पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराएका थिए । यद्यपि सभामुखले यो निर्णय असंवैधानिक भएको भन्दै विक्रमसिंघेलाई नै मान्यता दिएका छन् । विक्रमसिंघेले पनि गैरकानुनी तरिकाबाट आफूलाई हटाइएको उनको बताएका छन् । 

प्रधानमन्त्री निवासबाहिर समर्थकहरुका भीड बढेको छ भने विक्रमसिंघे अहिले आफ्नो गठबन्धनका सहयोगीहरुको साथमा छलफलको क्रममा रहेका छन् । प्रधानमन्त्री निवास वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । महिन्दा राजपाक्षे वित्रमसिंघेलाई हटाउनका लागि अदालतसम्म जानसक्ने बताइएको छ । यसले श्रीलंकाको राजनीतिक संकट झनै चुलिनसक्ने बताइएको छ । 


महिन्दा राजपाक्षे के भन्छन् ? 

शुक्रबार प्रधानमन्त्रीको रुपमा चुनिएका महिन्दा राजपाक्षेले आइतबार आफ्नो वक्तव्य सार्वजनिक गरेका छन् । उनले यूएनपी–यूपीएफए सरकार सत्ताभन्दा बाहिर रहेको बताएका छन् । यसका साथै आफूलाई नयाँ सकारका प्रधानमन्त्री पदकाके स्वीकार गर्ने निमन्त्रणा मिलेको उनले बताएका छन् । यूपीएफए राष्ट्रपति सिरिसेनाको पार्टी हो भने यूएनपी प्रधानमन्त्री विक्रमसिंघेको पार्टी हो । 

यसकारण हटाइए विक्रमसिंघे 

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यो नाटकीय घटना भएसँगै विक्रमसिंघेलाई उनका स्वभावको कारण हटाइएको बताएका छन् । साथै उनल संवैधानिक हिसाबमा प्रधानमन्त्री बनाइएको बताएका छन् । उनले २०१५ मा जित हासिल गरेसँगै विक्रमसिंघको राजनीतिक आचरण अशोभनीय रहेको बताएका छन् । उनले केही सीमित मानिसहरुको स्वार्थको लागि श्रीलंकाको भविष्यसँग खेलबाड गरिरहेको बताए । यसले श्रीलंकाको सुशासनको अवधारणा पनि सकिएको बताएका छन् । 

राष्ट्रपतिलाई सभामुखको पत्र 

श्रीलंकाका सभामुखल राष्ट्रपतिलाई पत्र लेख्दै संसदलाई नोभेम्बर १६ सम्म भङ्ग गर्नुको कारण सोधेका छन् । उनले यसले श्रंलंकालाई दीर्घकालीन राजनीतिक असर गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले या निर्णयबाट अविश्वनीय नतिजाको भोग्नुपर्ने अवस्था आउनसक्ने भन्दै यसमा पुनरवलोकनका लागि आग्रह गरेका छन् । साथै यस विषयमा कानुनी परामर्श लिएर अघि बढ्न पनि ुभामुखले सुझाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ