arrow

युद्धले बन्द गराएको नाका खुलेपछि सुधारिँदै सिरिया–जोर्डन सम्बन्ध

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
siriya-jordan.png

काठमाडौं । जोर्डनका मानिसहरुलाई सिरियाको राजधानी सहर दमास्कस व्यापार तथा भ्रमणको सिलसिलामा जानको लागि बाटो खुला भएको छ । युद्धको कारण लामो समयदेखि बन्द रहेको यो नाका अक्टोबर १५ देखि खुला भएको हो । 

यो क्षेत्रमा यो सीमाबाट अर्बौंको व्यापार हुने गरेको थियो । लामो समयदेखियुद्धको चपेटामा रहेको मुलुकका सडकहरु अहिले भने सुरक्षित रहको जोर्डनका पर्यटकहरुले बताएका छन् । 

गएको जुलाई महिनाबाट सिरियाको सरकारी सेनाले जोर्डनको सीमा रहेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको हो । सन् २०१५ मा यो सीमामा विद्रोहीले कब्जा जमाएसँगै नाका बन्द गरिएको थियो । 

यो सीमानाका बन्द भएको कारण दुव पक्षका मानिसहरु मारमा परेका थिए । पछिल्लो समय सिरियामा आईएसको प्रभाव कमजोर बन्द गएको छ । सिरियाको सरकार आईएसको अन्त्य गर्ने योजनामा अघि बढेको छ । 

सिरियामा रुससमर्थित बसर अल असदको सरकार रहेको छ । सिरियाको लागि जोर्डनसँगको सम्बन्ध निकै महत्वपूर्ण रहने गरेको छ । जार्डनका सार्थ टर्की पनि सिरियाको प्रमुख छिमेकी मुलुक हो । गत शुक्रबार यो नाकामा सवारी साधनहरुकाे अत्यिधक चाप देखिएको थियो । बिस्तारै युद्ध कम हुँदै गएसँगै यो नाकाकाे चहलपहल पनि बढ्दै गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ