arrow

प्रधानमन्त्री ओली अस्पतालमा, आइसीयुमा उपचार 

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
kp-sharma-oli.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 

एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । 

अस्पतालका डा अरुण सायमीले केही समयपछि ओलीको स्वास्थ्यबारे जानकारी गराउने बताएका छन् । 

यसअघि आइतबार मात्रै ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भन्दै केही दिनमै सार्वजनिक कार्यक्रममा उपस्थित हुने प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताएका थिए । 

ओली अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।

ओलीलाई सामान्य रुघाखोकी बताउँदै आइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ