काठमाडौं । आम अनुमान अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर विरामी भएका छन् । आफ्नै पार्टीले गरेको चियापानमा जान नसक्दा उनको विरामीको बारेमा टिप्पणी भएको थियो I
आइतबार राती अकस्मात मनमोहन कार्डियोभास्कुलर सेन्सट भर्ना गरेपछि उनी गम्भिर विरामी भएको खुलेको हो । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या आएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टर ल्याइएको र तत्काल आइसियूमा भर्ना गरिएको अस्पतालका डा अरुण सायमिले जानकारी दिए।
आइतबार केहि निको भएको महसुस गरेर मन्त्रीपरिषदको बैठक बसाएपनि राती उनलई स्वासप्रश्वासमा गाहो भएको थियो ।
मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली बेला बेलामा संक्रमणबाट पिडित हुने गर्छन । उनलाई चिकित्सकले आराम गर्न र धेरै भेटघाट नगर्न सुझाव दिएपनि उनले यसमा ध्यान नदिएको चिकित्सकहरूको गुनासो छ ।
दशैंमा प्रधानमन्त्री ओलीले धरै भेटघाट र धपेडी गरेका थिए । उनले चार दिनसम्म सर्वसाधारणलाई बालुवाटारमा टीका लगाइदिएका थिए । त्यसयता उनको स्वास्थ्य केहि कमजोर देखिएको पारिवारिक स्रोतको भनाई छ ।